पोखरामा लागूऔषधसहित तीन जना प्रकाउ

पाेखरा | फागुन १४, २०८०

पोखरामा लागूऔषधसहित तीन जना प्रकाउ

पोखरा:   पोखराको विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । प्रहरीले शनिबार चाउथेबाट २ जना र छोरेपाटनबाट एक जनालाई लागूऔषधसहित प्रकाउ गरेको हो ।

 
पोखरा महानगरपालिका–१४ चाउथेबाट पोखरा ५ मालेपाटन बस्ने ३५ वर्षीय दिपेश श्रेष्ठ र पोखरा ८ बगालेटोल बस्ने ३३ वर्षीय आशिष बैठानलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । 


प्रहरीले उनीहरुको साथबाट ४ सय ३२ पिस नाईट्रोभ्याट, २ थान मोबाईल र ग ३ प ८४०१ नम्बरको मोटरसाईकल बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

प्रहरीले तीन जनाको साथबाट बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी


यस्तै प्रहरीले पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट ताप्लेजुङ घर भई पोखरा ७ फेवामार्ग बस्ने ३८ गुरुङलाई लागूऔषधसहित प्रकाउ गरेको छ । 


प्रकाउ परेका गुरुङको साथबाट ब्राउनसुगर जस्तो देखि ६ ग्राम ५ सय मिलिग्राम, १ केजी गाँजा, १५ ग्राम चरेश र लागूऔषध तौल गर्न प्रयोग गर्ने डिजिटल तराजु प्रहरीले बरामद गरेको छ ।


प्रकाउ परेका गुरुङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्